नेपालमा कोरोना संक्रमितको संख्या १०२ : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताउनु भयो  ।

नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन : संक्रमण देखिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com