नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय २१


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

नेपालमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी साेमबार अनुसार कपिलवस्तुमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १२१ पुगेकाे छ ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशाेधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका पुरुषमा कोरोना देखिएकाे हाे ।

संक्रमितहरू कपिलवस्तु जिल्लाकाे यशोधरा गाउँपालिका वडा नं ५ र बुद्धभुमि नगरपालिका वडा नं ७ तथा १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू रहेका छन् । १ जना भने उमेर नखुलेका पुरुष रहेका छन् ।यसैगरी सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

संक्रमित सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ । उनीहरू सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमितमध्ये ३१ जना निकाे भएर घर फर्किसकेका छन् । हाल १६४ जनालाइ आइसोलेसनमा राखिएकाे छ । अहिलेसम्म कुल १६ हजार ९०८ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा १२१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com