विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

जनता समाजवादी पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले भारतले नेपाली भूमिमा सकड निर्माण र चीनले विना अनुमति सगरमाथा क्षेत्रको उचाइ नाप्ने कार्य गरेको भन्दै विरोध गरेको छ ।

विद्यार्थी संगठनले आज एक विज्ञप्ति जारी गरी नेपालको भूमिमा छिमेकी मुलुकहरुले आफू अनुकुल कहिले सगरमाथाको मापन त कहिले सडक निर्माण गर्दा पनि नेपाल सरकार मुकदर्शक बनेर बसेको भन्दै आपत्ति जनाएको छ ।

यी कार्यहरु महिनौ दिन लगाएर हुँदा पनि सरकारले आफूलाई अनभिज्ञता देखाउनु गैरजिम्मेवारी कार्य भएको बताउँदै संगठनले भ्रष्टाचार र अपहरणकारीको आखडा बनेको सरकारले देशमा विदेशी हस्तक्षेप भइरहँदा मौनता देखाएको आरोप लगाएको छ । राज्यको स्वाभिमान रक्षा गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्न संगठनले माग गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com