ललितपुरको आरोग्य प्रतिष्ठानसँगै,अस्पताल पनि सिल


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ ।
आरोग्य प्रतिष्ठानलाई प्रहरीले सिल गरेको छ ।

प्रतिष्ठानमा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ । प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा अवस्थित छ ।

लकडाउनअगाडि सुनसरीस्थित घर पुगेकी ती महिला केही दिनअघि मात्रै काममा फर्केकी थिइन् । तर उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो ।

टेस्टमा उनी पोजेटिभ देखिएपछि उनलाई लिन र पुराउन जाने आरोग्य प्रतिष्ठानका एम्बुलेन्स चालकलाई पनि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो । एम्बुलेन्स चालकको सम्पर्क प्रतिष्ठानकै अन्य कर्मचारीसँग पनि भएको कारण प्रतिष्ठानलाई पूरै सिल गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com