नेपालमा अस्पतालबाट २ जना कोरोना संक्रमित फरार


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

वीरगन्जस्थित नारायणी अस्पतालबाट दुई जना कोरोनाभाइरस संक्रमित फरार भएका छन् । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार फरार भएका हुन् । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र जफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएकाे बताइएकाे छ । पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com