नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५०,फेरि थपिए ७


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये सर्लाहीकाे धन्कौलका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष र मिथिला नगरपालिका निवासी २० वर्षीया महिला, महोत्तरीको जलेश्वर र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुष छन् । यस्तै बिहीबारनै  काठमाडौंको चन्द्रागिरीका ३२ वर्षीय पुरूष,  र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण देखिएको छ।   यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ ।

बुधबारमात्रै रुपन्देही, कपिलवस्तु, पर्सा, बाँके र नवलपरासीमा २६ संक्रमित फेला परेका थिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमितमध्ये ३५ जना उपचारपछि घर फर्केका छन् । अहिलेसम्म २१ हजार तीन सय ७१ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com