नेपालमा कोरोनाबाट महिलाभन्दा पुरुष धेरै संक्रमित


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

नेपालमा हालसम्म २ सय ४६ जना संक्रमित फेला परेका छन् । यसमध्ये १९८ जना पुरुष तथा ४८ जना महिला रहेका छन् । यसमध्ये ३५ जना निको भइसकेका छन् । संक्रमित मध्ये धेरै २०–५० उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २२ जिल्लामा संक्रमण फैलिएको छ ।

पछिल्लो तथ्यांकअनुसार २२ हजार ६६४ पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३६२ जनाको परीक्षण गरिएको छ । गत माघ १४ बाट पीसीआर परीक्षण सुरु गरिएको थियो । त्यस्तै, चैत्र १९ देखि सुरु गरिएको आरडीटी परीक्षणको संख्या ६२ हजार ३२७ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण गरिएका छन् ।

क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने आइसोलेसनमा २७२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४ जना रेड जोनमा परेका छन् । रेड जोनमा हालसम्म ३ सय ५९ जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com