गृह मन्त्रालयद्वारा सबै सवारी पास खारेज,सञ्चारकर्मीलाई भने यस्तो छ व्यावस्था
प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार
लकडाउनको समयमा सवारी पास सुविधा लिएकाहरुबाट नै कोरोना भाइरसको संक्रमण फैलन थालेपछि सरकारले कडा कदम चाल्ने निर्णय गरेको छ ।
जोखिमको थप वाहक नै सवारी पासहरु बनेपछि गृहमन्त्रालयले आगामी शनिबारदेखि लागू हुने गरी ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै सवारी पासहरु खारेज गरेको छ ।
जेठ ३ गतेदेखि लागू हुने गरी गरिएको यो निर्णयपछि सम्बन्धित जिल्ला भित्र मात्र नभएर जिल्ला वाहिर आवागमन गर्न पनि रोक लाग्ने छ ।
यो निर्णय पछि अब उपलब्ध गराइने पासहरु गृहमन्त्रालयको अनुमतिमा मात्र जारी गरिने भएको छ । आजदेखि लागू हुने गरी यस अघि नै गृहले एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने पासहरु खारेज गरिसकेको छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागद्वारा जारी गरिएको परिचय पत्रको आधारमा आवागमन गर्न पाइने व्यवस्था गरिएको छ ।