क्वारेन्टीनमा रहेका जुम्ल्याहा शिशुको स्वाब रिपोर्ट नेगेटिभ


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो । यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ । तिनले आज अपराह्न आमाको दूध खाएका छन् । उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ ।

यस्तै दाङका २५ पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रतिष्ठानले आज ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्वजनिक गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको कायममुकायम कैलाश देवले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com