फेरि थपिए ९ जना संक्रमित,नेपालमा कोरोना संक्रमितको संख्या २५८


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार मात्रै नाै जना नयाँ संक्रमित थपिएका छन् । मकवानपुर र बाँकेमा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा मकवानपुरका एक जना र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन ।

विज्ञप्ति अनुसार मकवानपुरमा ३७ वर्षीय पुरूष रहेका छन । त्यस्तै बाँकेको नैनापुर निवासी १८, २०,२२, २५, २७, ३२ र ३६ वर्षका पुरूष रहेकाका छन । उनीहरूको अहिलेसम्मको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अधिकारीले उल्लेख गरेका छन ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com