१० वर्षभित्र नेपाल मध्यम आय भएको मुलुकमा पुग्ने सरकारी घोषणा


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

सरकारले अबको १० वर्षभित्रै मध्यम आए भएको मुलुकमा पुग्ने घोषणा गरेको छ । संघीष संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विक्रम संवत २०८७ साल अगाबै मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्यमा सरकार दृढ रहेको बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा  ‘सरकारको यही कार्यकालभित्र विकासशील राष्ट्रको पंत्तिमा र विक्रम संबत् २०९९ सालसम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरु अघि बढाइएको बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com