उदयपुर भुल्केमा स्थलगत रिपोर्टिङमा गएका पत्रकारमा कोरोना सङ्क्रमण


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए ।

उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उनी स्थलगत रिपोर्टिङमा गएका थिए । उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिए । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com