लकडाउन १० दिन थप्न उच्चस्तरीय समितिको सिफारिस


प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार

कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन १० दिन थप्न सिफारिस गरेको छ । गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ । समितिको सिफारिसलाई औपचारिकता दिन मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बस्दैछ ।

राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिनुका साथै संक्रमित दुई जनाको मृत्यु भएपछि सरकारले लकडाउनको अवधि समितिको सिफारिस अनुसार नै थप्ने सम्भावना छ । समितिको आज बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com