क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका सङ्क्रमितको मृत्युको हल्ला निराधार : अस्पताल


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

रुपन्देहीको मणिग्रांममा रहेको क्रिमसन अस्पतालले गुल्मी मदाने ६ पुर्कोट दहका बिरामीको उपचार जारी रहेको बताएको छ । अस्पतालले बिज्ञप्ती निकाल्दै बिरामीको मृत्यु भयो भनेर बिभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचार भ्रमपूर्ण रहेको भन्दै प्रकाशित समाचारको पछि नलाग्न आग्रह गरेको हो ।

भ्रमपूर्ण र अतिरञ्जित समाचारले समाजमा त्रास श्रृजना गरेको भन्दै भ्रमपूर्ण र अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो । जेठ १ गते टाउको दुख्ने र ज्वरो आउने समस्या भएर अस्पतालमा आएका ति ४१ बर्षिय पुरुषको कोभिड १९ पोजेटिभ पुष्टि भएपछि भेण्टिलेटरको सहायतामा आइसियूमा राखेर उपचार भइरहेको अस्पतालको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

अस्पतालले बिरामीको अबस्था गम्भीर रहेको बताएको छ । बिभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमले समेत क्रिमसनमा उपचाररत रहेका गुल्मी मदानेको व्यक्तिको मृत्यु भएको भन्ने समाचार प्रकासन गरेपछि त्यसको व्यापक आलोचना भइरहेको छ ।

यसैबीच  नेपाली कांग्रेसले कोरोना संक्रमित बिरामीका आफन्त र परिवार संग सार्बजनिक माफि माग्न प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरे संग माग गरेको छ ।

रुपन्देही कांग्रेसका सचिब रामकृष्ण खाँणले बुधबार दिउसो बिज्ञप्ती निकाल्दै गुल्मी मदाने ६ पुर्कोटका कोरोना संक्रमित ४१ बर्षिय पुरुषको मृत्यु भयो भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानबिय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र प्रमुख घिमिरेले बिरामीको परिवार संग सार्बजनिक रुपमा माफि माग्नु पर्ने बताउनु भएको हो ।

भेन्टिलेटरको सहायतामा रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ । जेठ १ गते उपचारको लागि ति पुरुष अस्पताल भर्ना भएका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com