नया संशोधन प्रस्तावले सहमतिको वातावरण बन्छः प्रधानमन्त्री


प्रकाशित मिति : चैत्र २७, २०७३ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नया प्रस्ताव सदनमा दर्ता गर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालको १९औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै सबैलाई

मान्य हुने गरी राष्ट्रिय एकताको संशोधन प्रस्ताव दर्ता हुने बताउनु भएको छ । यो संशोधनले मुलुकलाई एकताबद्ध उहाको भनाइ रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावले मधेस, पहाड र हिमाल सबै एकै पटक स्थानीय तहको निर्वाचनमा खुशीसाथ जाने वातावरण बन्ने विश्वास व्यक्त गर्दै निर्वाचनको संकल्पमा राष्ट्र अगाडी बढिसकेकाले यसमा कुनै शंका नगर्न आग्रह समेत गर्नुभयो । स्थानीय तहको निर्वाचनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यक पर्ने अन्य दुई निर्वाचन एकै पटक मङ्सिरमा बन्ने आधार तयार गर्ने बताउ“दै उहा“ले स्थानीय सरकार बनेपछि विकासको गति अगाडि बढ्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सही व्यक्तिलाई सही जिम्मेवारी दिएर अगाडि बढेको अवस्थामा मुलुकको आर्थिक समृद्धि गर्न सकिन्छ भन्दै विद्युतभार कटौती र सही व्यवस्थापनबाट मुलुकको आर्थिक वृद्धि छ प्रतिशत पुग्ने देखिएको बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com