एमसीसी संसदबाट अनुमोदन भएपछि मात्र रकम निकासा हुन्छ : अर्थमन्त्री खतिवडा


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी संसदबाट पास भएपछि मात्र त्यसको रकम निकासा हुने बताएका छन् । सरकारले एमसीसीका लागि छुट्याएको बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुले विरोध गरेपछि खतिवडाले यस्तो स्पष्टीकरण दिएका हुन् ।

सरकारले वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरुको सोमबार जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले भने, ‘अमेरिकी सहयोग रकम त्योबेला मात्र निकासा हुन्छ, जुन बेला संसदमा विचाराधीन रहेको सम्झौता पत्र अनुमोदन हुन्छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com