बाँके दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

बाँके दुर्घटनामा ज्यान गुमाएका मध्ये ११ जनाको सनाखत भएको छ । एक जनाको भने अझै सनाखत हुन बाँकी छ । पहिचान भएका मृतकको ठेगाना भने पहिचान नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म पहिचान भएका मृतकहरु बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ भने एक जनाको नामसमेत खुल्न सकेको छैन ।

यस्तै दुर्घटनामा घाइते भएका २१ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

बाँकेमा सवारी दुर्घटनाः भारतबाट घर फर्केका १२ जनाको ज्यान गयो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com