कोरोना विशेष अस्पताल बेलझुण्डी संक्रमितले भरीभराउ


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले अब कोरोना संक्रमित बिरामी राख्ने ठाउँ नभएको बताएको छ । क्षमताभन्दा बढि कोरोना संक्रमित आएपछि अस्पतालले यस्तो प्रतिकृया दिएको हो । अस्पतालका अनुसार ५० जनासम्म राख्न सक्ने अस्पतालको क्षमता भएपनि अहिले ५१ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

अस्पताल भरीभराउ भएपछि अब थप बिरामी राख्न नसक्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । ‘५१ जना कोरोनाका बिरामी भर्ना भएका छन् । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि राख्नका लागि पनि ठाउँको आवश्यक पर्दछ ,’ सदस्य सचवि डा. शर्माले भन्नुभयो ‘अन्य गम्भिर प्रकृतिका बिरामी पनि राख्नु पर्छ । अहिले सामान्य मात्रै छन् ।’ योभन्दा थप बिरामी आएमा राख्ने ठाउँ र जनशक्ति पनि नपुग्ने अस्पतालले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com