सवारी दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

बाँकेको सवारी दुर्घटनामा परेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा भएको हाइस दुर्घटनामा परेका सबैको पीसीआर नजिता नेगेटिभ आएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोरोना परीक्षणमा हाइसमा सवार ३३ जनाकै नजिता नेगेटिभ आएको जानकारी गराइएको हो । भारतका विभिन्न शहरबाट नेपाल फर्किएकाहरुलाई गन्तव्यतर्फ लैजाने क्रममा आइतबार राति १२ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलान रोकिराखेको ट्रकमा ठोक्किदा घट्ना भएको थियो ।

बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

 

बाँकेमा सवारी दुर्घटनाः भारतबाट घर फर्केका १२ जनाको ज्यान गयो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com