राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

राष्ट्रिय जनता पार्टीका र समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् । सोमबार राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ लगायतका नेताहरुले संविधान संशोधनको विधेयक दर्ता गराएका हुन् ।

सरकारले नयाँ नक्सा अनुरूप निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक अगाडि बढाएलगत्तै समाजवादी र राजपाले पुरानो संविधान संशोधनको माग अघि सारेर संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संशोधन प्रस्तावमा भाषा, नागरिकता, राष्ट्रियसभाको संरचना, संघीय सीमांकन आयोग गठन र  संविधानको धारा २७४ को उपधारा ७ संशोधन गर्न गर्ने विषय समावेश छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com