बाँके दुर्घटना अपडेट: मृतक १२ जनाकै सनाखत


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

गएराती बाँकेको अगैया नजिक ठुहरिया जंगलमा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका १२ जना सनाखत भएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा निम बहादुर ओली ,नरेन्द्र बिक, रोल्पा रुन्टीगढी ६ होलेरीका मोहनचन्द्र बिक , बुद्धिराम बिक, रोल्पा थवाङ ३ का भिम बहादुर बिक, दाङ राजपुर ६ का राम कुमार पुन , दाङ शान्तिनगर ३ का पुर्ण बहादुर पुन, सोही ठाउँकी सीता पुन ,दैलेख गुराँस गाउँपालिका ४ का गाडि चालक दान बहादुर खड्का, सुर्खेत विरेन्द्र ३ तातापानीका सहचालक पवन भण्डारी, सोही ठाउँका रितेश कार्की, दाङ शान्तिनगर ३ की ११ बर्षीया हिमान्सु थापा रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा परि गम्भिर घाईते हुनेमा सल्यान सिद्वकुमाख ५ का १८ बर्षीय देवेन्द्र खड्का, सोही ठाउँका १७ बर्षीय ज्ञान बहादुर बोहरा, सल्यान सारदा नगरपालिका ६ का २६ बर्षीय टिका चलाउने , दाङ सैघाका देउविर बिक। सोही ठाउँ दुईखोलीका २६ बर्षीय शिव भण्डारी, सल्यान सिद्वकुमाख ४ तेज बहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।नेपालगञ्जबाट सल्यानतर्फ आँदै गरेको गाडी करिब राती १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो । घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । गाडीमा ३३ जना सवार थिए ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ

बाँके दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत

बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

बाँकेमा सवारी दुर्घटनाः भारतबाट घर फर्केका १२ जनाको ज्यान गयो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com