रुकुम पश्चिम घटना: बेपत्ता सबैको शव भेटियो


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

रुकुम पश्चिम घटनामा बेपत्ता रहेका गोविन्द शाहीको शव फेला परेको छ । मंगलबार भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिकै भेरी नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

योसँगै चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनी घटना भएको जेठ १० गते देखि बेपत्ता थिए ।

उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो । घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com