सिडिओका सवारी चालकलाई कोरोना संक्रमण


प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो ।

उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने प्रशासकीय अधिकृत अधिकारीले बताए । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com