एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सोमबार सचिवालयको बैठक


प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । नेकपामा लामो समयदेखि विवाद रहदैँ आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न सचिवालय बैठक बोलाएको नेकपा उच्च स्रोतले बताएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदबाट एमसीसी पास गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले संशोधनसहित एमसीसीबारे सम्झौता गर्ने पक्षमा छन् ।यसअघि नेकपाले गठन गरेको कार्यदलले पनि एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com