लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बैठक बोलाइएको स्रोतले बताएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।  सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । पछिल्लोसमय थपिएको लकडाउन जेठ ३२ गतेसम्म कायम छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com