रुपन्देही हत्या प्रकरण : नेकपाद्वारा निन्दा


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् । रुपन्देही क्षेत्र नं २ का सङ्घीय सांसदसमेत रहेका नेता पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको त्रासदीपूर्ण एवं विभत्स हत्या भएकाले सो घटनाको विरोध गरेका हुन् ।

“यस हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्छु”, विज्ञप्तिमा उनले भनेका छन्, “समाजमा डरलाग्दो ढङ्गले देखापरिरहेको यस प्रकारको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com