परीक्षणका लागि पठाएको स्वाब प्रयोगशालाबाटै गायब, दाहसंस्कार अन्यौलमा


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका पुरुषको स्वाब प्रयोगशालाबाटै हराएको छ । मालारानी गाउँपालिका- ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको परीक्षणका लागि भैरहवा पठाईएको स्वाब प्रयोगशालाबाटै हराएको हो ।

क्वारेन्टाईनका बसेका उनको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मँगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्काउँदै गर्दा उनको मृत्यु भएको थियो । उनी १४ दिन देखि क्वरेन्टीनमा रहँदै आएका थिए ।

दाहसंस्कार अन्यौलमा

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाको परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको दाहसंस्कारमा अन्यौलता देखिएको छ । कोरोना संक्रमण भए नभएको रिर्पोट नआएपछि शवको दाहसंस्कार रोकिएको हो ।

उनको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको छ । शव व्यवस्थापनका लागि स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहवामा मृतक व्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृतकका आफन्तले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि फेरि मृतकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com