सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत, बैठक छाडेर बाहिरिइन्
प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार
संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।
सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।
समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।