संविधान संशोधनमा पार्टी एक ढिक्का छः उपेन्द्र यादव


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रतिनिधिसभामा प्रस्तुत प्रस्तावमा आफ्नो पार्टी सर्वसम्मत भएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राष्ट्रियताको सवालमा आफ्नो पार्टी एक ढिक्का हुने बताउनुभयो ।

सदनमा प्रस्तुत संविधानको दोस्रो संशोधनको छलफलको क्रममा समाजवादी पार्टीका नेत यादवले आफ्नो पार्टी एक ढिक्का भएर सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुराको पृष्ठभूमीबारे बोल्नुहुँदै उहाँले विगतमा भएको महाकाली सम्झौतामा त्रुटि भएको स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले सन् १९५४ देखि हालसम्म भारत र चीनबीच छ पटक लिपुलेक भएर व्यापारिक मार्ग बनाउने वार्ता र सहमति भइरहँदा तात्कालीन सरकार मूकदर्शक भएर बस्नु चिन्ताजनक रहेको बताउनुभयो ।

नेता यादवले राष्ट्रवाद नागरिकको भावनामा निहित हुने बताउनुभयो । उहाँले राष्ट्रियता मजबुत बनाउन सरकारले जनताको भावना बमोजिम राष्ट्रप्रति अपनत्व बढाउने कार्य गर्नुपर्ने बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com