नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि,सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

नेपालमा थप २ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।
शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।

काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका छन् । भाइरसका कारण दुईजनाकाे मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । नेपालका ७७ जिल्ला मध्ये ७२ वटामा काेराेना भाइरस फैलिएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com