गुल्मीका कोरोना संक्रमितको मृत्यु


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३६ वर्षिय कोरोना संक्रमित मधु नेपालीको मृत्यु भएको उपचारमा खटिएका डाक्टर कविराज भुसालले बताए ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला जेठ १२ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । संक्रमणको पुष्टी भएपछि जेठ १३ गतेदेखि तम्घास रहेको आसोलेसनमा राखेर उपचार गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । गएराती मृत्यु भएका संक्रमितको शवलाई राति नै नेपाली सेनाले अन्तिम दाहसंस्कार गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । २ वर्षदेखि आन्द्राको क्यान्सरबाट ग्रसित कोरोना संक्रमितमा रक्त अल्पताको समस्या थियो । तम्घासको आइसोलेसन उपचारत संक्रमितलाई थप उपचारको लागि बाट बुटवल रिफर गरिएपनि विविध समस्याका कारण पठाउन नसकिएको उपचारमा खटिएका गुल्मी अस्पतालका डक्टर उत्तम पच्चाले बताए ।

संक्रमित व्यक्तिको ३ पटक लिइएको स्वाबको रिर्पोटमा कोरोना पोजिटिभ नै आएको रेसुङ्गा नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । बेडमा समेत संक्रमितलाई विरामी बस्न नसकेपछि भुइँमा राखेर उपचार गरिएको थियो । संक्रमित व्यक्ति धुर्कोट गाउँपालिका अध्यक्षसँगै एकैदिन संक्रमणको पुष्टी भएको थियो । गाउँपालिका अध्यक्ष एक सतामै सेल्फ आइसोलेसनबाट कोरोना मुक्त बनेर आईतबार घर फर्केका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com