पर्वतमा पहिरो: चारको मृत्यु, ५ जना बेपत्ता
प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले परिँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना अझै बेपत्ता छन् ।
शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अर्का एकको पनि शव फेला परेको छ भने सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक बेपत्ता रहेको वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए ।
नेपाली सेना, स्थानीयबासी तथा प्रहरीको सहयोगमा उद्दारकार्य भैरहेको छ ।