आज सुन चाँदीको भाउ स्थिर
प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार
आईतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ तोकेको छ।
लकडाउन पश्चात १२ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ जेठ २९ गतेदेखि नै स्थिर रहेको छ। त्यसैगरी यस दिन चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।