नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, सङ्ख्या ५ हजार ७  सय ६०


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ। पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ७६० पुगेको छ ।
आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।

६ जना डिस्चार्ज

आइतबार ६ जना डिस्चार्ज भएकाले हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् ।

थप एककाे मृत्यु

क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । उहाँ भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बस्नुभएको थियाे । उहाँको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

७३ वटा जिल्लामा भाइरस फैलियाे

यस्तै, पूर्वी रुकुममा पनि भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा ७३ वटा जिल्लामा भाइरस फैलिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com