प्रतापपुर गाउँपालिका अध्यक्षको निधनमा सेवा बन्द


प्रकाशित मिति : असार १, २०७७ सोमबार

परासी । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको परासीमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आइतबार परासीतर्फ जाँदै गरेको अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com