आज सातै प्रदेशमा बजेट सार्वजनिक हुँदै


प्रकाशित मिति : असार १, २०७७ सोमबार

देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछन् । केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक प्रावधान अनुसार सबै प्रदेश सरकारले आफ्ना सबै क्षेत्रमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

यसअघि प्रदेश सरकारहरुले आफ्नो प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाइसकेका छन् । उनीहरुले कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् । सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने बताइएको छ ।

जसमध्ये प्रदेश १- करिब ४२ अर्ब, प्रदेश २- करिब ३५ अर्ब,प्रदेश ३- ४८ देखि ५० अर्ब,गण्डकी प्रदेश- ३२ अर्ब,प्रदेश ५- करिब ३४ अर्ब, कर्णाली प्रदेश- ३३ अर्ब सुदुर पश्चिम प्रदेश- २९ अर्ब बजेट पेश गरिने भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com