अर्घाखाँचीमा १७ वर्षिय गर्भवती युवतीमा कोरोना संक्रमण


प्रकाशित मिति : असार १, २०७७ सोमबार

अर्घाखाँचीमा १७ वर्षिय गर्भवती युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाको पाणिनी गाउँपालिका- ८ कि १७ वर्षीय गर्भवती युवतीमा कोरोना संक्रमणको पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

केहीदिन अघि भारतबाट परिवार सहित आएकी पाणिनी गाउँपालिका- ८ पालीमा रहेको कमला माविको क्वारेन्टाइनमा बसेकी थिईन् । ति युवतीको पेटमा करिब ३ महिनाको बच्चा रहेको डा. गौतमले जानकारी दिए । दुई बर्ष अँघी १५ वर्षमै वैवाहिक बन्धनमा बाँधिएकी ती युवती भारतको हरियाणमा श्रीमानसंगै बस्दै आएकी थिईन् । गत जेठ १० गते कृष्णनगर नाका हुँदै आएकी उनको आरडिटी परिक्षण पोजेटिभ देखिएपछी स्वाब संकलन गरी परिक्षणका लागी पठाईएको थियो ।

यसैबिच उनी सँगै अर्घाखाँचीमा सोमबार ६ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका दुई जना पुरुष र पाणिनी गाउँपालिकाका उक्त गर्भवती युवती रहेकी छिन् । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका ३ जना पुरुष संक्रमण देखिएको हो । यो संगै अर्घाखाँचीमा संक्रमितको संख्या ४४ पुगेको छ । जसमध्ये दुई जनाको भने मृत्यु भइसकेको छ । मृत्यु हुनेमा भुमिकास्थान- ९ का एक र मालारानी- ४ का एक जना पुरुष रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com