भारत जान लागेकी सरिता गिरीलाई प्रहरीले सिमाबाटै फर्कायो


प्रकाशित मिति : असार २, २०७७ मंगलबार

भारत जान लागेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले सिमाबाट फकाईदिएको छ । मंगलबार सिरहाको ठाडी नाकाबाट भारतको विहारतर्फ जान लागेकी गिरीलाई दशगजाबाट फर्काइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

भारतको विहार प्रवेशका लागि जोगवनी नाका खुल्ला गरिएको भएतापनि गिरीलाई अनुमति नभएको कारण प्रहरीले रोकेको हो । गिरी पछिल्लो समय निकै आलोचित भैरहेकी छिन् । सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्सा र नेपाली भूमिप्रति फरक मत राखेपछि विवादमा आएकी थिइन्।

गिरीले हालै पारित भएको संविधान संशोधन विधेयकको विपक्षमा संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन्।

पार्टीको निर्णयलाई समेत अवज्ञा गरेपछि जनता समाजवादी पार्टीले पार्टी र सांसदबाट कारबाही गर्ने तयारी गरिरहेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com