कसरी हुँदैछ, नयाँशक्ति र संघीय फोरमवीच पार्टी एकता ?
प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ ।
एकतालाई अन्तिम रुप दिन वार्ता कमिटीका साथै शीर्ष स्तरमा पनि बार्ता भईरहेको र नयाँ वर्षको पहिलो साता एकता घोषणा जनाईएको छ ।
नयाँ शक्तिका वार्ता टोली संयोजक रामचन्द्र झाका अनुसार हालै भएको पार्टीको बैठकमा ले नयाँ वर्षको उपहारका रुपमा फोरमसँग पार्टी एकता हुने दाबी गरेका जनाईएको छ ।
श्रोतका अनुसार आउने बैशाख १ गते नै नभएपनि ७ गतेसम्म एकता गर्ने बुझिएको हो ।
दुबै पार्टीका नेताद्वय डा.भट्टराई र यादवलाई बार्ताको टुंगो लगाउने जिम्ममा दिइएको जनाईएको छ ।