‘११ दिनपछि पेटभरी खाने भएँ’ : एड्वानबाट राहत पाएपछि ८२ वर्षीय बृद्धाका आँखाभरी आँशु


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको नेपाल दलित महिला उत्थान संघले कोरोनाको कारण अप्ठ्यारोमा परेका एकल महिलालाई राहात वितरण गरेको छ ।  करूना ट्रस्ट र फ्यानको सहयोगमा दलित, विपन्न परिवार र एकल महिलालाई राहत वितरण गरेको संघका संस्थापक अध्यक्ष डाक्टर विष्णुमाया परियारले जानकारी दिनुभयो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण देशमा लामो समयदेखि लकडाउन गरिएको छ, त्यसको असर सबै जनतालाई पर्न गएको छ । तर, दैनिक ज्यालादारी गरेर खाने मजदुर वर्गमा यसको सबैभन्दा ठूलो असर परेको छ ।  विहान साझँ चुनो बाल्नु निकै गाह्रो परेको छ ।

यहीँ कुरालाई ध्यानमा राखेर एड्वानले विपन्न परिवार, एकल महिला र दलित परिवारलाई गोरखा र भरतपुर महानगरपालिकाका केही ठाँउमा खाद्यान्न वितरण गरेको महासचिव विन्दु परियारले बताउनुभयो ।

स्थानिय सरकारका पदाधिकारीहरू र सस्थाका वोर्डका सदस्यहरूले अति विपन्न परिवारलाई छनोट गरी भरतपुर महानगरपालिकाको वडा नं १६,१७ र १८ र गोरखाका विभिन्न ठाउँका ज्याला मजदुरी गरी खाने विपन्न, दलित, गैरदलित र एकल महिला गरी १ हजार ४४ घर परिवारलाई खाद्य सामाग्री दाल,चामल,नुन र तेल वितरण गरिएको छ ।

लकडाउनले मानिसलाई आर्थिक रूपमा मात्रै नभइ दैनिक जिवनमा पनि ठूलो प्रभाव परेको अवस्थामा एड्वानको तर्फबाट राहत पाउँदा उनीहरु निकै खुसी हुँदै भने ‘अब केही दिनका लागि चुलो बल्ने भयो । छोरा छोरीले समयमा खान पाउने छन ।’

उनीहरुले राहत वितरणमा रहेका संस्थाका संदस्यसंग संस्थाको प्रशंसा गर्दै, आफूहरु जस्तै अन्य दुःखी र विपन्न परिवारहरूलाई सधै सहयोग गर्न अनुरोध समेत गरेका थिए ।

राहत लिने लाईनमा उभिएकी ८२ वर्षीय बृद्धा कोप्ची माया बिकले गहभरी आँशु पार्दै भनिन् ‘११ दिन भयो भात नखाको आज दाल चामल पाको छु पेटभरी खान्छु ।’ उनको यो कुराले त्यहाँ सबैका आँखा रसाएका थिए ।

बृद्धा बिकले अगाडि सुनाई ‘यो लकडाउनले दिनु दुख दियो ।’ हुन त उनका ७ सन्तान छन् । जवानीमा मेलापात गरेर कोप्ची मायाले छोराछोरीलाई हुर्काईन तर, अहिले सबै लाखापाखा लागे, बुढेसकालको साहारा बुढाले पनि छोडेर गाएको एक बर्ष भयो । अहिले उनी एक्लै छिन् ।

यसैगरी श्रीमान इन्डियामा सेकुरेटी गार्डको काम गर्दै घर व्यवहार चलाएकी फूलमाया कोइरालको परिवारलाई लकडाउनले ठूलो संकट परेको छ । लामो समयदेखि श्रमानले काम गर्नु पाएका छैन् काम नभएपछि घरमा पैसा पठाउन सकेका छैनन ।

घरमा खाने कुरा केही छैन, रूनु मात्र नसकेकी फूलमाया छिमेकीले एडवानले राहत बाडेकोे सुनेपछि सानो बच्चालाई पिठ्यूमा बोकेर हतारिदैँ एडवानको स्टाफ छेउमा आएर भनिन् ‘म तपाईहरूको महिला समूहमा छैन तर मेरो घरमा खाने केही छैन बच्चाहरू साना साना छन् मलाई पनि राहत दिनुहुन्छ ?’

उनको कुराले सबैलाई भावुक बनायो ।

संस्थाका सदस्यहरुले भने उनको सबै कुरा सकिन नपाउँदै भने तपाईहरू जस्तै दुःख पाउनु भएका दिदी बहिनीको लागि काम गर्दै आएको संस्था हो, लैजानु भन्दै दाल,चामल, तेल दिए ।’ खाद्यन्न पाएपछि फुलमायाको अनुहारमा विछुट्टै खुशी छचल्कीएको थियो । उनी चामल पिठ्यूमा नाम्लोले बोक्दै बच्चालाई काखमा च्याँपेर,धन्यवाद हजुरहरूलाई भन्दै झोपडी तिर लागिन ।

राहत लिएर बस्तीमा पुगेको जिपको छेउ उभिएर चामलको बोरा समाउँदै एक जना बुढि आमाले सोधिन ‘बावु यो सबै कस्ले पठाएको ? हामीलाई दिनुहुन्छ कि दिनुहुन्न ?’ ती बृद्ध आमाले तपाईहरूको लागी नै हो, चामल भन्ने सुनेपछि, खुशी हुँदै भनिन्‘ तपाईहरूलाई यसरी नै सधैभरि बाँडेर खान पुगोस् भन्दै आशीर्वाद दिईन ।

लकडाउनले मानिसहरूको आयआर्जन पूर्णरूपमा बन्द हुँदा आर्थिक संकटको सामना गर्नुपरेको छ । बिहान साँझ के खाउँ भन्ने अवस्थामा रहेका मानिसको लागि लकडाउन काल बन्दै आएको छ । यसको बारेमा राज्य संचालनको तहमा रहेकाहरु बहस त गर्दछन् तर जनताको अभिभावक बन्न सकेका छैनन् । यस्तो अवस्थामा सबै मनकारी मानिस र संस्थाहरुले आफ्नो ठाउँमा सानो ठूलो सहयोग गर्न सक्यौँ भने दुःखीहरुको जिवनमा भगवान रुपी मानव बन्न सक्छौँ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com