एमसीसी विवाद: सरकार पक्षमा, नेकपा विपक्षमा


प्रकाशित मिति : असार ३, २०७७ बुधबार

एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ ।

संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमै एमसीसी विषयमा फरक मत पाइएको छ । प्रधानमन्त्री समेत रहेका ओली एमसीसी सम्झौता अनुमोदन गर्न हतारिहँदा अर्का अध्यक्ष दाहाल संशोधन गरेर मात्र अनुमोदनका लागि अगाडि बढाउनुपर्ने पक्षमा देखिएका छन । -राजधानी दैनिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com