मान्छेहरु ठान्छन ‘म’ बाहेक सबै भ्रष्ट : प्रधानमन्त्री


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि भएको खर्चको हिसाब माग्दै सडकमा प्रदर्शन गर्नेहरूलाई संसदबाट जवाफ दिनु भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री भन्नुभयो , १० अर्ब १० अर्ब भन्ने हल्ला चल्यो ।

उक्त रकम केही निकायमा पठाइयो । केही मिडियामा हिसाब आइसकेको छ, मोटामोटी । त्यसको मसिनो गरी हिसाब आलेप, मलेप हुन्छन् । ती कुराका प्रतिवेदन संसदमा आउँछन् । रुजु, बेरुजु अनियमितता यी सबै कुरा आउँछन् ।

प्रधानमन्त्रीले सबै खर्चको विवरण संसदमा प्रस्तुत गर्ने जवाफ दिनु भएको छ । अहिले यो रकमको मात्रै होइन जुन १४ खर्बभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ । त्यसको महालेखा परीक्षकको वर्षिक प्रतिवेदन मार्फत सदनमा आउँछ । त्यसमा अनियमितता गरियो भने विभिन्न निकाय छन् अनुगमन गर्ने । यस्तो ठान्न भएन कि म बाहेक सबै भ्रष्ट छन् । यस्तो ठान्न भएन कि यस देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्न, उहाले भन्नुभयो ।

केही व्यक्तिहरू सरकारमा रहेकाहरूलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्नेमा लागेको बताउदै उहाले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनिरहेको भनाईलाई पुन स्मरण गराउनु भयो । स्वास्थ्य सामग्री टेन्डर गरेर ल्याउँदा ढिलो गरेको भन्ने र छिटो प्रक्रियामार्फत ल्याउँदा मिलेर भ्रष्टाचार गरेको भन्ने आरोप लाग्नु दुखद् भएको प्रधानमन्त्रीको भनाइ थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com