६ वर्षीय छोरालाई बाबुले ज्युँदै गाडेको आरोप


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

रुपन्देहीमा शुक्रबार आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका छन् । स्थानीयले खबर गरेलगत्तै गाडेको बालकलाई प्रहरीले झिकेको छ । प्रहरीले गाडेको बालकलाई झिके पनि उनको मृत्यु भइसकेको थियो ।

जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो ८ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले खबर गरेपछि आफुहरु त्यहाँ पुगेर गाडेको बालकलाई झिकेर अस्पतालमा लगेर चेक गराएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

‘गाउँलेहरुले बिरामी छोरालाई ज्युँदै गाड्यो भन्ने खबर गरेपछि गइयो, गाडेको बालकलाई ल्याएर अस्पतालमा चेक गराउँदा मृत्यु भएको जानकारी दिइयो, आरोपित बाबुलाई नियन्त्रणमा ल्याएर सोधु गरिँदैछ’ डिएसपी राठौरले भने । आरोपित राजुले भने छोराको मृत्यु भएर नै आफुले गाडेको बयान दिएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com