लडेर दुईजनाको मृत्यु


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

अर्घाखाँचीमा बेग्लाबेग्लै स्थानबाट लडेर दुईजनाको मृत्यु भएको छ । खेतमा रोपाँई गरी फर्कने क्रममा मालारानी गाउँपालिका–५ का ४९ बर्षिय मन बहादुर खत्रीको घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकृत प्रकाश खत्रीले बताए । घाईते उनको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो ।

यस्तै सन्धिखर्कको सुस्त मनस्थिति स्कुलको  भवन निर्माणको काम गर्ने क्रममा सन्धिखर्क- २, भलायडाँडा निवासी ५५ बर्षिय बसन्त कुमालको मृत्युु भएको छ । घाइते उनको उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com