निर्देशिका विपरित नमुना परीक्षण नगर्नू : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरितका नमुना परीक्षण नगर्न सम्बन्धित प्रयोगशाला र अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कतिपय निकाय तथा व्यक्तिहरुले कोभिड- १९ को नमुना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले नमुना संकलन गर्ने गरेको र परीक्षण गर्न दवाव दिएको बुझिएकाले अवदेखि निर्देशिका विपरितका नमुना परीक्षण नगर्न निर्देशन दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसरी नमुना संकलन गर्नाले स्रोत साधन दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिहरुको परीक्षण समयमा हुन पाउने र अन्य समस्याहरु सिर्जना हुन सक्ने प्रवक्ता गौतमले जानकारी दिए । निर्देशिकामा तोकिएबमोजिमका नुमनामात्र संकलन गरी परीक्षण गर्न गराउन मन्त्रालयले सूचित गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com