तीन दिन अघि खोलाले बगाएका अर्घाखाँचीका बालक मृत भेटिए


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

अर्घाखाँचीको पाणिनी गाउंँपालिका-४ पटौटीमा खोलामा बगाएर बेपत्ता बालक तीन दिन पछि मृत भेटिएका छन् ।

स्थानीय सन्तबहादुर नेपालीका १३ बर्षिय छोरा पुजन नेपालीको शव दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले बताए ।

शवको नेपालीको आफन्तले पहिचान गरेका छन् । सडेको अवस्थामा भेटिएको उनको शवलाई पहिरोले बाटो अवरुद्ध हुँदा सन्धिखर्क पोस्टमार्टमका लागि ल्याउन सम्भव नभएपछि स्थानीयले त्रीवेणीमा दाहासंस्कार गर्ने भएका छन् ।

असार ६ गते सुस्त मनोस्थिती आचरणकी माईली आमा सँग घर नजिकैको बारीमा जांदै गर्दा खहरे जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com