कपिलवस्तुमा चट्याङ लागेर एकको मृत्यु


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका – ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृत्यु भएको छ ।

खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com