नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा ज्यान गएको अस्पताल स्रोतले बताएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ। फोक्सोको क्यान्सरका विरामी रहेका ती पुरुषको स्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार दिउँसोदेखि आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कैलालीमा मात्रै कोरोनाका कारण चार जनाको ज्यान गएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com