कोरोनाबाट नेपालमा थप एकको मृत्यु, मृतकको संख्या ३५ पुग्यो


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाग्लुङ निसिखोला घर भएका २९ वर्पिषा पुरुषको असार २१ गते निधन भएको हो।

ती पुरुषको ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com