कोरोना जितेर घर फर्किएकै दिन पाल्पाका एक युवाले गरे आत्महत्या


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

कोरोना भाइरसमुक्त भएर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवकले कोरोना जितेरै फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट फर्किएर स्थानिय जनहित भगवती माविको क्वरेण्टीनमा बसेका युवामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज उपचार गरिएको थियो । नेपाल आएर क्वारेन्टाइन र अस्पतालमा झण्डै एक महिना बिताएका ती युवा सोमबार भाइरसलाई जित्दै डिस्चार्ज भएका थिए । सोमबार राति नै उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान गरिरहेका छन् । पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । सङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com